गृहपृष्ठ खबर कालीकोटमा खाद्यान्न बोकेको जिप दुर्घटना, चालकको मृत्यु

कालीकोटमा खाद्यान्न बोकेको जिप दुर्घटना, चालकको मृत्यु

प्रकाशित मिति:

 

कालीकोटमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका १ लालीघाट बजार नजिकै खाद्यान्न बोकेको जिप मंगलबार दुर्घटना हुँदा रास्कोट नगरपालिका(१ कालीकोटका डबल शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लालीघाटबाट नरहरिनाथ गाउँपालिकामा खाद्यान्न लिएर गएको कर्णाली प्रदेश ०२००१ ज ००३० नम्बरको जिप सडकदेखि करिब तीन सय मिटर तल खस्दा चालक शाहीको घटनास्थलमै मृत्यु भएको कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईंले जानकारी दिए ।

दुर्घटनामा नरहरिनाथ गाउँपालिका(३ का ५० वर्षीय पुर्णप्रसाद उपाध्यय घाइते भएका छन् ।प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित् समाचार