गृहपृष्ठ खबर सैनामैनमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

सैनामैनमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति:

 

रुपन्देहीको सैनामैना नगरपालिकामा थप ५ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा वडा नं १ का ४६ बर्षीय पुरुष , वडा नं ७ का ४१ बर्षीय पुरुष र वडा नं ९ का ३ जना महिलाहरु १६, १९ र २२ बर्षका रहेको सैनामैना नगरपालिका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीले जानकारी दिनुभयो ।

वडा नं १ बनकट्टामा रहेको पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयको क्वरेन्टिनमा रहेका १६ जनाको स्वाव संकलन गरिएको र त्यसमध्ये ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना पुष्टि भएका सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षण गरिएको हो ।

संक्रमित ३ जनालाई भिम अस्पताल र २ जनाको सैनामैनाको कोरोना विशेष अस्पताल उपचार भईरहेको स्वास्थ्य शाखाले जनाएको छ । उनीहरुको अवस्था सामन्य रहेको छ ।

संक्रमित सबैजना भारतबाट आएका हुन् । जसमध्ये ३ जना महिला सँगै आएको खुलेको छ । नेपाल आए लगत्तै उनीहरु सैनामैनाको क्वरेण्टीनमा बसेका थिए । यसअघि वडा नं १ बनकट्टामा रहेको पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयको क्वरेन्टिनमा रहेका २७ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । यो सँगै सैनामैनामा संक्रमितको सख्या ६ पुगेको छ ।

सम्बन्धित् समाचार