प्यूठान जिल्लामा पहिलोपटक कोरोना संक्रमण देखिएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षणमा स्वर्गद्धारी नगरपालिकाका एक ५९ बर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो । स्वर्गद्धारी नगरपालिकाको केन्द्र अमंर क्याम्पस भिंगृको क्वारैन्टाइनमा बसेका वडा नम्वर ४ बाझिपुरका ५९ वर्षिय पुरुषलाई कोरोना पुष्टि भएको स्वर्गद्वारी नगरपालिकाका स्वास्थ्य प्रमुख दल बहादुर के सिले बताए। सोहि क्वारेन्टाइनमा बसेका १० जनाको स्वाब संकलन गरि परिक्षणका लागी दाङ पठाईएका मध्ये ५९ बर्षीया पुरुषमा कोरोना देखिएको उनले जानकारी दिए । केसिका अनुसार उनको अबस्था सामान्य छ। कोरोना पुष्टि भएको उनलाई कहाँ कसरी ब्यबस्थापन गर्ने बारे बैठक बसिरहेको के सि ले जानकारी दिए ।
उनि हालै भारतको चेन्नेईबाट आएपछी क्वारेन्टाईनमा थिए। जेष्ठ १३ गतेबाट उनि क्वारेन्टाइनमा थिए। उनि कृष्णनगर सिमानाका हुँदै स्वर्गद्धारी नगरपालिकाले पठाएको बसमा ६० जनाको समुहमा गृहजिल्ला आएका थिए।