गृहपृष्ठ खबर दाङमा वडाध्यक्षसहित पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि वडा सिल

दाङमा वडाध्यक्षसहित पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि वडा सिल

प्रकाशित मिति:

दाङको बंगलाचुली गाँउपालिका वडा नम्बर ५ का वडाध्यक्षसहित पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि वडा सिल गरिएको छ । वडामा सङ्क्रमणको उच्च जोखिम भएकाले भएकाले बंगलाचुली गाँउपालिकाले सूचना निकालेर वडा सील गरेको बताएको हो। मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी अर्को सूचना जारी नभएसम्मकालागि वडा सिल गरिएको पालिकाले जानकारी दिएको छ ।

बंगलाचुली गाँउपालिकाको वडा नम्बर ५ का अध्यक्षसहित ५ जनालाई सङ्क्रमण भएको मंगलबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुष्टि गरेको थियो ।

सम्बन्धित् समाचार