गृहपृष्ठ खबर वाणगंगा नगरपालिकाका बैंकहरु आईतबार, मंगलबार र विहिबार खुल्ने

वाणगंगा नगरपालिकाका बैंकहरु आईतबार, मंगलबार र विहिबार खुल्ने

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकाका बैंकहरु आईतबार, मंगलबार र विहिबार खुल्ने भएका छन् । वाणगंगा नगरपालिकाभित्र रहेका २८ ओटा बैंकका शाखाहरु हरेक हप्ताको आईतबार मंगलबार र विहिबार ११ बजेदेख २ बजेसम्म खुल्ने भएका हुन् ।

जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले जोर विजोरका हिसाबले ग्राहकहरुलाई सेवा दिन भनेता पनि त्यो  अब्यवहारिक हुने  भएकाले यस्तो निर्णय गरिएको वाणगंगा बैंकर्स क्लवका अध्यक्ष अनुराग पाण्डेले बताए ।

ग्राहकहरुलाई सुविधा दिन सामाजिक दुरि कायम गर्दै बैंकहरु हप्ताको ३ दिन खुल्ने भएपछि ग्राहकहरुले समेत खुसि मानेका छन् ।

सम्बन्धित् समाचार