गृहपृष्ठ खबर मैतीदेवीमा बिहीबार बिहानै व्यापारीले खोले सबै पसल, लगत्तै प्रहरीले बन्द गराएपछि भयो विवाद

मैतीदेवीमा बिहीबार बिहानै व्यापारीले खोले सबै पसल, लगत्तै प्रहरीले बन्द गराएपछि भयो विवाद

प्रकाशित मिति:

काठमाडौंको मैतीदेवी क्षेत्रमा बिहीबार बिहानै व्यापारीले लकडाउन उल्लंघन गर्दै अत्यावश्यक बाहेकका पनि सबै पसल खोलेपछि प्रहरीसँग विवाद भएको छ।

बिहीबार बिहानै फेन्सी पसलदेखि रेस्टुरेन्टसम्म खोलिएपछि स्वयंसेवकको सहयोगमा प्रहरीले बन्द गराएको हो।

सिंहदरबारस्थित प्रहरी वृत्तका अनुसार त्यस क्रममा मैतीदेवी क्षेत्रमा बिहीबार बिहान व्यापारी र प्रहरीबीच विवाद भएको हो।

बुधबार पनि त्यस क्षेत्रमा पसल खोलिएपछि प्रहरीले बन्द गराएको थियो।

सम्बन्धित् समाचार