नेपाल तरुण दल र नेविसंघ बुद्धभूमिले रुकुम पश्चिममा घटेको जातीय घटनाको विरोधमा प्रर्दशनमा उत्रिएका छन । घटनामा संलग्न दोषिलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै तरुण दल र नेबिसघं प्रर्दशन गर्दै सडकमा उत्रिएका हुन् ।
गोरुसिंगे सर्पदशं उपचार केन्द्रको अगाडीबाट सुरु भएको प्ले कार्डसहितको ¥याली गौतमबुद्ध क्याम्पस चोक पुगेर पुनः फर्कि कोणसभामा परिणत भएको नेविसंघका बिद्यार्थी नेता कल्याण खनालले वैखरी अनलाइनलाई बताए ।
प्रर्दशनका क्रममा नेताहरुले दोषिलाई कारबाही गर, पीडितलाई न्याय दे, जातीय विभेद अन्त्य गरौं, घटनाको सत्य तथ्य निष्पक्ष सामाजिक सद्भाव कायम गरौं लेखेका प्ले कार्ड बोकेका थिए । तरुणद दल बुद्धभुमीका सभापति दीपेन्द्र सिंह, कांग्रेस नेता अनिल कुमार घिमिरे, दधिराम न्यौपाने, बालकृष्ण बेल्वासे, दलित नेता रामदेव पासी, डम्बर सिंह सुनार, नेविसंघका नेता रुपक खनाल लगायतले बोल्दै घटनाको निष्पक्ष छानविनको माग गरेका हुन् । कार्यक्रमको सञ्चालन नेविसंघका बुद्धभूमि नगर सभापति अच्युत अर्यालले गरेका थिए ।