गृहपृष्ठ खबर पश्चिम नवलपरासीको पाल्हीनन्दनमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

पश्चिम नवलपरासीको पाल्हीनन्दनमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा थप दुई जनाम बिहिबार कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार मात्रै ७ जना कोरोना संक्रमित भेटिएको पाल्हीनन्दनमा विहिबार थप दुई जनामा संक्रमण पुष्टि भएको हो । भैरहवा स्थीत प्रादेशिक प्रयोगशालामा गरिएको पिसिआर परिक्षणका क्रममा दुई पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरब ढकालले जानकारी दिनुभयो ।

संक्रमित मध्ये वडा नम्बर १ का २१ वर्षीय र वडा नम्बर ४ का ३२ वर्षीय पुरुष रहेका छन् । क्वारेन्टाईनमा रहेका उनीहरुमा केहि दिन अगाडी गरिएको परिक्षणका क्रममा आरडिटि पोजेटिभ देखिएको थियो । संक्रमित दुवै जना भारतबाट आएको बताईएको छ ।

उनीहरु कसरी आए र क्वारेन्टाईनमा जानु अगाडी कसैको सम्र्पकमा आए आएनन् भन्ने बारे कन्ट्रयाक ट्रेसिङ्ग गरेपछि खुल्ने ढकालले बताउनुभयो । संक्रमितलाई पाल्हीनन्दनको लोहरौलिमा रहेको पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रमै राखिने छ ।

यससँगै पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संङ्ख्या १७ पुगेको छ । सुनवल नगरपालिका बाहेक जिल्लाका सबै स्थानीय तहमा संक्रमित भेटिएका छन् । संक्रमित मध्य प्रतापपुर र सुस्ताका तीन जना भने कोरोना मुक्त भएर घर फर्किएका छन् ।

सम्बन्धित् समाचार