रुकुम पश्चिमको चौरजहारी नगरपालिका(८, सोती घटनामा संलग्न भएको आरोपमा बिहीबार थप सात पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले गएको जेठ १० गते ६ जनाको हत्यामा संलग्न रहेको आशंकामा सात जनालाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार बिहीबार अनुसन्धानको क्रममा थप सात जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरुको नाम ,ठेगाना खुलाइएको छैन ।
यसअघि वडा नम्बर(८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित १८ जनालाई पक्राउ गरेर हिरासतमा राखिएको छ । पीडित परिवारले २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएकामा १८ जनालाई म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ भने दुई जना अझै फरार छन् । प्रहरीले अनुसन्धान फरार भएकाहरुको खोजी कार्यलाई व्यापक बनाएको छ ।