शिव खनाल, कपिलवस्तु ।
लोकप्रिय गायक खेम सेञ्चुरीको ‘कामी दाईको छोरो’गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बिहीबार साँझ गायक सेञ्चुरीले आफ्नै युट्यूब च्यानल ‘खेम सेञ्चुरी’ मार्फत उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन् ।
‘कामी दाईको छोरो’ ए… साइलीले समाजको यथार्थ बोकेको छ । गायक सेञ्चुरी भन्छन्, ‘कामी दाईको छोरो’ ए साईली एउटा गीत मात्रै होइन, समाजको एक यथार्थ चित्रण पनि हो ।’ समाजमा हुने वर्ग र वर्ण भेदलाई सो गीतमा चित्रण गरिएको छ । तर, गीतमा प्रयोग गरिएका शब्द कुनै जात, वर्ग, धर्म र लिङ्गलाई अपमान गर्ने मनसाय आफूहरुको नरहेको उनले स्पष्ट पारे ।
‘छुवाछुत विरुद्ध जागरणका लागि समर्पित गीतले सामाजिक चेतनासँगै मानसिक परिवर्तनमा सघाउ पुग्ने विश्वास लिएका छौं,’ सो गीतका गायिका शान्तिश्री परियारले भनिन्, ‘गीतले सभ्य र असल समाज निर्माणमा गीतले कोशेढुङ्गा सवित गर्नेछ ।’ गीतले समाजको वास्तविक चित्रलाई उतारेको उनले बताइन् ।
गीतमा गायक खेम सेञ्चुरी र शान्तिश्री परियारले स्वर दिएका छन्् । लय, शब्द अनिश दवाडीको रहेको छ भने संगीत संयोजन विनोद बाजुरालीले गरेका हुन् ।
म्यूजिक भिडियाे छायाँङ्कन् सुरेश श्रेष्ठ, सम्पादन विष्णु शर्मा र निर्देशन प्रकाश भट्टले गरेका हुन् । भिडियोको निर्माण मनिषा तामाङ र रिना मेचेले गरेकी हुन् ।