गृहपृष्ठ खबर विश्व वातावरण दिवसमा अस्पताल परिसरमा वृक्षारोपण-कपिलवस्तु जेसिज

विश्व वातावरण दिवसमा अस्पताल परिसरमा वृक्षारोपण-कपिलवस्तु जेसिज

प्रकाशित मिति:

विश्व वातावरण दिवस जुन ५ , विश्वभर मनाईरहदा कपिलवस्तु जेसिज वर्ष २०२० ले पनि वातावरण दिवस मनाएको छ । वातावरण दिवसको अवसरमा ’एक जेसिज सदस्य, एक विरुवा ’ लाई आत्मसात गदैँ कपिलवस्तु सामुदायिक अस्पताल परिसरमा बृक्षारोपण गरिएको कपिलवस्तु जेसिजका अध्यक्ष मनोज कुमार खत्रीले जानकारी दिनुभएको छ ।

विश्व वातावरण दिवस “सुरक्षित जीवनको लागि जैविक विविधता” भन्ने नाराका साथ नेपाल लगायत विश्व भर मनाइएको छ ।

विश्वभर कोरोना महामारीको बेला वातावरण संरक्षण गर्नु आवश्यकता देखिएकोले सवै राष्ट्रले दीगो र सन्तुलित विकासमा जोड दिदै प्रकृति संरक्षणमा ध्यान दिन आवश्यक रहेको जेसिजका दीगो विकास लक्ष्य थिम संयोजक अमृत घिमिरेले बताउनुभएको छ ।

वृक्षारोपण कार्यक्रममा कपिलवस्तु जेसिजका पूर्व अध्यक्ष उमानाथ पौडेल, वर्तमान अध्यक्ष मनोज कुमार खत्री, कानुनी सल्लाहकार चन्द्रकान्त पोख्रेल, महासचिव प्रविन पौडेल, जेसिजको दीगो विकास लक्ष्य संयोजक अमृत घिमिरे, शाखा सम्पादक दिनेश क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

अस्पताल परिसरमा करिव १ दर्जन भन्दा बढी वृक्षारोपण गरिएको महासचिव प्रविन पौडेलले वैखरी अनलाईनलाई जानकारी दिनुभएको छ ।

सम्बन्धित् समाचार