रुपन्देहीको सैनामैना नगरपालिकाका शुक्रबार थप १८ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।
शुक्रबार मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सैनामैनाका १८ जनाको कोरोना पोजेटिभ आएको पुष्टि गर्नुभएको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाब परिक्षणमा १७ पुरुष र १ जना महिलामा संक्रमण देखिएको हो ।
नगर स्वास्थ्य शाखाका प्रमुख हेमराज पन्थीका अनुसार शुक्रबार भेटिएका संक्रमित मध्ये सैनामैना वडा नं. १ का ४ जना , वडा नं २ का १ जना , वडा नं ३ का १ जना , वडा नं ४ का १ जना , वडा नं ५ का ३ जना , वडा नं ६ का २ जना , वडा नं ७ का १ जना , वडा नं ९ का १ जना र वडा नं. ११ का ४ जना रहेका छन् । संक्रमित मध्ये १७ जना पुरुष भारतबाट आएर सिधै सैनामैना १ बनकट्टामा रहेको क्वरेण्टीनमा बसेका हुन्, भने वडा नं १ मा घरमा बस्दै आएकी १ महिलामा कोरोना पुष्टि भएको हो । उनिहरु २० देखि ४८ वर्षका रहेका छन् ।
यो सँगै सैनामैनामा कोरोना संक्रमितको संख्या २४ पुगेको छ । यस अघि सैनामैनामा पहिलो पटक २७ बर्षीय एक पुरुषमा र मंगलबार ५ जनामा कोरोना पुष्टि भएको थियो ।
यसैबिच सैनामैना नगरपालिकामा भेटिएका एक जना कोरोना संक्रमितलाई उपचारको लागि काठमाण्डौं पठाईएको छ ।
सैनामैना वडा नं. १ मा बस्दै आएकी संक्रमित महिलालाई बिहिबार कोरोना संक्रमण पुष्टि भएसँगै उपचारको लागि काठमाण्डौको टिचिङ हस्पिटलमा पठाईएको स्वास्थ्य शाखा प्रमुख पन्थीले जानकारी बताउनुभयो ।
ति महिलाका परिवार स्वास्थ्यकर्मीको निगरानीमा रहेकोे र परिवारका ४ जनाको स्वाब आज संकलन गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।









