विभिन्न क्षेत्रका व्यक्तिहरुले विद्युतीय गाडीको प्रस्तावित महसुल घटाउन माग गरेका छन् ।प्रधानमन्त्री केपी ओलीलाई शुक्रबार ज्ञापनपत्र बुझाएर उनीहरुले महसुल घटाइ पहिलेकै कायम गर्न अनुरोध गरेका हुन्।
सरकारले आउँदो वर्षको बजेटमा विद्युतीय गाडीको पैठारीमा लाग्दै आएको भन्सार तथा अन्तशुल्कको साविकको दर बढाएबाट स्वच्छ ऊर्जालाई बढावा दिने वर्तमान सरकारकै घोषित नीतिको अवज्ञा भएको उनीहरुको ठहर छ ।
यो निर्णयले स्वदेशी बिजुलीमा आधारित सफा र भरपर्दो यातायात विकास गर्ने राष्ट्रिय संकल्पमा गम्भीर आघात पुग्ने भन्दै उनीहरुले स्वदेशी जलविद्युत्को खपत र विद्युतीय परिवहनको विस्तारलाई निरुत्साहित गर्ने बजेटको प्रस्ताव अविलम्ब फिर्ता लिन माग गरेका छन् ।
ज्ञापनपत्र प्रस्तुत गर्नेमा डा। तीर्थबहादुर श्रेष्ठ, कुलचन्द्र गौतम, मदनकृष्ण श्रेष्ठ, डा। रिता थापा, हरिवंश आचार्य, मनीषा कोइराला, अमृत गुरुङ, डा। गौरीशंकरलाल दास, गौरवशमशेर राणा, डा. अर्जुन कार्की, सुमित्रा मानन्धर गुरुङ, डा। डम्बर चेम्जोङ, सुमन शर्मा, राजेन्द्र दाहाल, भूषण तुलाधर, सुमन बस्नेत र कनकमणि दीक्षित रहेका छन्।