गृहपृष्ठ खबर कोरोनाका कारण डोल्पामा पनि एक व्यक्तिको मृत्यु, मृतकको संख्या १२ पुग्यो

कोरोनाका कारण डोल्पामा पनि एक व्यक्तिको मृत्यु, मृतकको संख्या १२ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ। डोल्पामा २ दिनअघि मृत्यु भएका व्यक्तिकाे स्वाब परीक्षणको रिपोर्ट कोरोना पोजिटिभ आएपछि मृतकको संख्या १२ पुगेको हो।

डोल्पा जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायण रञ्जितकारले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज शनिबार सार्वजनिक गरेको रिपोर्टले उनमा कोरोना भएको पुष्टि गरेको जानकारी दिए।

उनका अनुसार यही जेठ २१ गते डाेेल्पाकाे जगदुल्ला गाँउपालिका-३ थापागाउँका ५८ वर्षीय पुरुषको मृत्यु भएको थियाे। उनीसहित उनका पत्नी र भाइकाे समेत स्वाब परीक्षणका लागि जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकाे थियाे। त्यसकाे रिपाेर्ट आज आएकाे र तीमध्ये मृतकमा काेराेना पाेजिटिभ देखिएकाे भनेर प्रतिष्ठानले जानकारी गराएकाे उनले जानकारी दिए।

सम्बन्धित् समाचार