गृहपृष्ठ खबर सरकार विकास गर्न जान्दैन, भ्रष्टाचारी र कार्यकर्तालाई बाँड्न मात्र जानेको छ,कांग्रेस कोषाध्यक्षको आरोप

सरकार विकास गर्न जान्दैन, भ्रष्टाचारी र कार्यकर्तालाई बाँड्न मात्र जानेको छ,कांग्रेस कोषाध्यक्षको आरोप

प्रकाशित मिति:

नेपाली कांग्रेसकी सांसद सीतादेवी यादवले बजेटमा सरकारले गुलिया नारा र सपना मात्र बाढ्ने काम गरेको आरोप लगाएकी छिन् । दुई तिहाईको दम्भमा जे पनि गर्न नमिल्ने भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन् ।

शनिवार बसेको प्रतिनिधि सभा बैठकमा बिनियोजन विधेयक माथिको छलफलमा भाग लिदै कांग्रेस कोषाध्यक्ष यादवले विपतको समयमा जनतालाई रोग र भोकबाट बचाउन खर्च गर्न माग गरेकी हुन् । ‘सरकारको तेस्रो बजेट आउदा कार्यान्वयनभन्दा पनि गुलियो नारा र सपना मात्र बाँढ्ने काम भएको छ । राष्ट्रका लागि कमाउन र विकास गर्न जान्दैन, भ्रष्टाचारी र कार्यकर्तालाई बाँड्न मात्र जानेको छ,’ सांसद यादवले भनिन ।

उनले गरिबी निवारण कोषमा रहेको १९ अर्ब रुपैयाँ विपतको समयमा जनतालाइ रोग र भोकबाट बचाउन खर्च गर्नुपर्ने बताइन् । सांसद यादवले प्रधानमन्त्री रोजगार कार्यक्रम र राष्ट्रपति महिला उद्यम कार्यक्रमलाई रोग र भोकबाट बचाउने तर्फ खर्च गर्न माग गरिन् । उनले जेठ वित्न लागेको समयमा पनि किसनाहरू मल र विउ पाउन नसकेको भन्दै सरकरको ध्यानाकर्षण गराइन् ।

सम्बन्धित् समाचार