कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ८ बाट गत ९ गते नदीजन्य पदार्थको चोरी निकासि गर्दा प्रकाउ परेका जेसिबि र ट्याक्टर धनीले जरिवाना तिर्न नगएको पाइएको छ ।
पटक पटक प्रहरीले जरिवाना तिर्नका लागि ताकेता गर्दा समेत जरिवाना तिर्न नगएर उल्टै प्रहरीलाई पैसा खुवाउने चलखेलमा लागेको स्रोतले बताएको छ । स्रोतका अनुसार नियमानुसार जरिवाना तिर्न नथालेर छुटाउनका लागी तस्करहरले बिभिन्न किसिमबाट दवाब दिएको बताईएको छ ।
उता ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख आयुष जोशीले जे जति गरेता पनि नियम अनुसार कारबाहिको दाएरामा ल्याएर जरिवाना नतिरेसम्म नछोडिने वैखरी अनलाइनलाई बताए । त्यस्तै अझै केहिदिन पटक पटक यस्तै प्रक्रिया दोहोरीएमा जेसिबि र ट्याक्टर धनीलाईनै अफ्ठ्यारो पर्न सक्ने उनको भनाई छ ।
१५ दिन सम्म पनि एउटा जेसिबि सहित ६ वटा ट्याक्टरलाई ईलाका प्रहरी पिपरामै राखिएको छ । उनका अनुसार आईतबार कारबाहिका लागि जिल्ला प्रशासन कार्यालयमा पठाउने तयारी समेत भएको बताए ।
एउटा जेसिबि सहित ६ वटा ट्याक्टरलाई ईलाका प्रहरी पिपराले गत ९ गते रातको समयमा बाणगंगाको वडा नः ८ मा नदीजन्य पदार्थ चोरी गर्दै गर्दा नियन्त्रणमा लिएको थियो ।