गृहपृष्ठ खबर स्थानीय तहको अधिकार प्रशासनले हनन गरेको प्रति कांग्रेस कपिलवस्तुको आपत्ति

स्थानीय तहको अधिकार प्रशासनले हनन गरेको प्रति कांग्रेस कपिलवस्तुको आपत्ति

प्रकाशित मिति:

 

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले स्थानीय तहको अधिकार हनन् गरेको प्रति नेपाली कांग्रेस कपिलवस्तुले आपत्ति जनाएको छ । तौलिहवामा रहेको साविक महिला विकास कार्यालयको भवनलाई प्रशसासनले जपरजस्ती आइसोलेसन निर्माण गरेको प्रति कागे्रंसले आज कार्यसमतिको भर्चुअल बैठक बसेर नै विरोध जनाएको छ । महिला विकास कार्यालयको भवन कपिलवस्तु नगरपालिकाको स्वामित्वमा रहेपछि नगरपालिकाले जिल्लामा कार्यरत गैर सरकारी संस्था लाई ३ वर्षे भाडामा दिएर सम्झौता गरेको थियो । त्यस्तै केही कोठा नगरपालिका कर्मचारी निवास र जिन्सी फाट बनाएको थियो । तर जिल्ला प्रशासन कार्यालयले आइसुलेसन वनाउने निर्णय गरेपछि कपिलवस्तु नगरपालिकाले उक्त भवनमा आइसोलेसन नवनाउन जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको नगर प्रमुख किरण सिंहले जनाएका थिए ।

नगरपालिकाले आइलेसन क्वारेन्टाइन बनाउने जस्ता काम गरिरहेको र विपद्मा सहयोग गर्ने गर्दे पनि जवरजस्ती कार्यालय कब्जा गरेको पक्ति आपक्ती जनाएको थियो । सो विषयमा नेपाली कांग्रेस कपिलवस्तुले जन निर्वाचित संस्था माथी ठाडो हस्तक्षेप गरेको प्रति खेद प्रकट गरेको छ । सरकार संचालन र संघियतामा स्थानीय तह , प्रदेश सरकार र संघिय सरकारका आफ्ना आफ्ना क्षेत्रअधिकार हुदां हुदै सत्ताको आडमा उत्त कार्य गर्नु अधिकार हनन् गरेको भन्दै यस्ता कार्य दोह–याएको खण्डमा लक डाउन तोडेर भएपनि प्रमुख जिल्ला अधिकारी र प्रशासन विरुद्ध आन्दोलनमा उत्रिने पार्टी सभापति सुरेन्द्रराज आर्चायले बताएका छन् ।

नरपालिकाले विभिन्न स्थानमा भवन दिने तथा सहयोग गर्ने र आफ्नो दाहित्व अनुसार काम गर्दा गर्दै प्रशासनले पालिकालाई हस्तक्षेप गर्नु अन्याय भएको आर्चायले बताएका छन् उता प्रशासनले भने महामारी तथा संक्रामक रोग विरुद्धको एने प्रयोग गरी साविक महिला विकास कार्यालयको भवनलाई आइसोलेसन निर्माण गरिएको जनाएको छ ।

कोरोनो भाइरसको प्रकोपको वेला जिल्लामा विउ तथा मलखाद नपाउदा किसानहरु मरमा परेको हुदा स्थानीय प्रशासन तथा सरकारलाई तत्काल विउ तथा मलखादको सहज आपुर्ती गर्ने माग गर्ने निर्णय समेत भएको आर्चायले बताएका छन् । त्यस्तै जिल्ला कार्य समिति सदस्य ओम प्रकाश गुप्ताका पिता गया प्रसाद गुप्ताको निधन प्रति समवेदना समेत प्रकट गरेको नेपाली कागे्रंस कपिलवस्तुले जनाएको छ ।

सम्बन्धित् समाचार