काठमाडौं – आइतबार देशका केही स्थानमा बदली भई मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकासहित देशका केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।
आज प्रदेश १, बागमती ,गण्डकी प्रदेश तथा प्रदेश ५ का केही स्थानहरुमा र कर्णाली, सुदुर पश्चिम प्रदेश र प्रदेश २ का एकदुई स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको जनाइएको छ । त्यस्तै आज राति पनि देशको केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।