
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा न. २ मा बसले ठक्कर दिँदा एकजनाको ज्यान गएको छ ।
शनिवार राति करिब ९ः ४५ बजे चाकलचौडा रोड देखि उत्तर पिपरा र्तफ आउदै गरेको लु २ ख २३७ नम्बरको बसले साईकल यात्रिलाई ठक्कर दिएको बताईएको छ ।
हिलर्वट ईग्लीस बोर्डिङ स्कुल पिपराका सुरक्षा गार्ड बणगंगा २ कप्टैयाका ढक बहादुर सिंजालीलाई घरजाने क्रममा ठक्कर दिएको ईलाका प्रहरी कार्यालय पिपराले बताएको छ । सिंजालिको उपचारका लागि बुटवल लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।