लेखनमा सिर्जनशीलता विषयक् प्रशिक्षणमूलक भर्चुअल कार्यक्रम आइतवार सम्पन्न भयो । सो कार्यक्रमका मुख्य प्रशिक्षक रहेका लेखक तथा पत्रकार मोहन मैनालीले लेखनको विषयवस्तु,क्षेत्र,आधार र पुनर्लेखनका सन्दर्भमा प्रशिक्षण दिएका थिए । उनले सधैंभरि नौला र गम्भीर विषयवस्तु पाउन नसकिए पनि आवश्यक र समय सान्दर्भिक विषयहरुलाई सिर्जनात्मक तरिकाले प्रस्तुत गर्न सकिएमा पाठकहरुका मन खिच्न सकिने बताए ।
उपल्लो थलो,मान्ठा डराएको जुग र देखेको देश पुस्तकका लेखक समेत रहेका मैनालीले लेखकहरुलाई लेख्नु अघि आफ्नो लेखकीय नक्सा तयार पार्नुपर्ने,सूचना संकलन गर्नुपर्ने,प्राप्त सूचनाहरुकोे वैधानिकता खोज्नुपर्ने र आफूले लेख्न थालेका विषयवस्तुका बारेमा पूर्वसाहित्य अध्ययन गर्नुपर्नेमा जोड दिदैं सिर्जनशील लेखकहरु आफ्ना लेख÷रचनाका पहिलो सम्पादक आफै हुने समेत बताए । संयोजन र सिर्जना फरक भएपनि लेखकहरुले आफ्ना लेखन तथा रचनामा यसको तादम्यता मिलाउन सकेमा उत्तम हुने भन्दै– अध्ययनशीलता नै लेखकको मुुटु हो भने । लेख÷रचनालाई पुनर्लेन गर्नुपर्नेमा जोड दिदैं राष्ट्रकवि माधवप्रसाद घिमिरेले सुरुमा लेखेका सय शब्दलाई निरन्तर आफै सम्पादन गरी १० शब्दमा झार्ने प्रसंग समेत उनले पेश गरेका थिए । साथै उनले भने–राष्ट्रकवि घिमिरेले एउटा कविता लेख्न पनि सामान्य रुपमा तीन दिन लगाउने गर्छन् । प्रगतिशील लेखकहरुले आधारभूत तहका नागरिक वा आवाजविहीनहरुका आावाजलाई सम्वोधन गर्ने गरी लेख्नुपर्नेमा मैनालीले जोड दिदैं भने–जसले हुँदा खानेहरुका बारेमा लेख्छन् उनीहरुले नै निम्नवर्गहरुबाट सहानुभूति प्राप्त गर्न सक्छन् । साथै उनले आमनागरिकका विषयवस्तुहरुलाई उठान गर्नुपर्नेमा जोड दिए । सो भर्चुअल कार्यक्रममा साहित्यकारहरु देवेन्द्र घिमिरे,हरिप्रसाद भण्डारी,पूर्ण वली,घनश्याम कोईराला,माधव पौडेलले लेखकहरुलाई आफ्नो लेखनमा सिर्जनशीलताको आवश्यक पर्ने र मोहन मैनालीको प्रशिक्षणले धेरै ज्ञानवद्र्धन कुरा प्राप्त गर्न सम्भव भएको बताउँदै विशेष आभार समेत प्रकट गरे ।
सोही कार्यक्रममा प्रलेस,नेपालका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश,प्रलेसका अध्यक्ष गिरिप्रसाद बुढा,केन्द्रीय सदस्य मीन राना,प्रलेस सुनसरीकी अध्यक्ष मिश्रा गुरुङ,प्रलेस सिन्धुलीकी उपाध्यक्ष धनमाया राई र प्रलेस रुपन्देही कार्यसमितिको सार्थक सहभागिता रहेको थियो । उक्त कार्यक्रममा अन्टार्कटिकामा पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मा,डा.सागर न्यौपाने,अंशु भुसाल,जीराबको समेत सहभागिता रहेको थियो । पत्रकार भरत भुसालले भने–मोहन मैनालीको प्रशिक्षणमा सधैं नौला र ज्ञानवद्र्धक विषयवस्तु रहने भएको हुँदा स्थापित साहित्यकार एवम् पत्रकारहरुका निम्ति उनका विषयवस्तु र प्रशिक्षण कहिलेपनि बासी हुँदैनन् । प्रलेस,नेपाल,रुपन्देही शाखाको संयोजन र व्यवस्थानमा सञ्चालित लेखनमा सिर्जनशीदता विषयक् उक्त भर्चुअल कार्यक्रमको अध्यक्षता प्रलेस,रुपन्देहीका अध्यक्ष दलबहादुर गुरुङले गरेका थिए भने सञ्चालन सचिव श्याम पोखरेलले गरेका थिए ।









