स्याङ्जाकाे वालिङ नगरपालिका- ३ स्थायी ठेगाना भएका र पाेखरामा मृत्यु भएका काेराेना संक्रमित पुरूष जेठ २१ गते भारतबाट सुनौली नाका हुँदै जिल्ला फर्किएका थिए ।
उनी भारतबाट सुनाैलीसम्म ट्रकमा अनि सुनौलीदेखि आफैले कार रिजर्भ गरेर आएकाे खुलेकाे हाे । जिल्ला भित्रिएपछि क्वारेन्टाइनमा बसेका उनलाई विभिन्न रोगको समस्या भएकोले पोखरा रिफर गरिएको थियो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचारकै क्रममा ५८ वर्षीय ती पुरूषकाे गएराति मृत्यु भएकाे प्रतिष्ठानले जनाएकाे छ । मृतक पुरुषमा आइतवार मात्रै कोरोना संक्रमण पुष्टि भएकाे थियाे भने उनी उपाचरत थिए ।
उनमा मृर्गाैलाकाे समस्याका साथै हाइपरटेन्सन, डायबिटिज, सेप्टिसेमिया, एनिमिया लगायत राेग तथा स्वास्थ्य समस्या रहेकाे प्रतिष्ठानले जनाएकाे छ ।









