गृहपृष्ठ खबर नेपालमा बलात्कारीलाई मृत्युदण्ड दिने कानून बनाउन नसकिने-मन्त्री डा.शिवमाया तुम्बाहाङ्फे

नेपालमा बलात्कारीलाई मृत्युदण्ड दिने कानून बनाउन नसकिने-मन्त्री डा.शिवमाया तुम्बाहाङ्फे

प्रकाशित मिति:

 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले नेपालमा बलात्कारीलाई मृत्युदण्ड दिने गरी कानून बनाउन नसकिने प्रस्ट पार्नुभएको छ ।

मन्त्रालयको आगामी वर्षको कार्यक्रम र बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको प्रतिनिधिसभाको सोमबारको बैठकमा जवाफ दिने क्रममा उहाँले नेपालको संविधानमा नै मृत्युदण्डको कानून बनाउन नमिल्ने व्यवस्था गरिएको बताउनुभयाे ।

‘संविधानमा मृत्युदण्ड नदिने भन्ने भएका कारण ऐनमा मृत्युदण्डको कार्यलाई कार्यान्वयन गर्ने, मृत्युदण्ड दिनेसम्बन्धी कानुन बनाउन नसकिने जानकारी गराउन चाहन्छु ,’ मन्त्री तुम्बाहाङ्फेले भन्नुभयाे ।

छलफलमा केही सांसदले बलात्कारीलाई मृत्युदण्ड दिने व्यवस्था आवश्यक भएको बताएका थिए ।

उहाँले क्षमताको आधारमा मात्रै महिलाको सहभागिता बढाउनुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘हामीले संविधानअनुसार नै महिलाको सहभागिता बढाउँदै जाने हो । महिलाले हक अधिकारको कुरा गर्दा आफ्नो कर्तव्यको कुरा पनि के हो भन्ने बुझ्नुपर्छ ।’

मन्त्री तुम्बाहाङ्फेले संविधानमा उल्लेखित महिलाको सहभागिता अनुरुपको अधिकार कार्यान्वयनमा चुकेको उहाँले स्विकार्नुभयाे । ‘महिलाको क्षमता पनि वृद्धि हुनुपर्छ । कानुनको कार्यान्वयन नभएको यथार्थ हो,’ उहाँले भन्नुयभाे ।

मन्त्री तुम्बाहाङ्फेले समान सहभागिताका लागि माग गर्दै गर्ला महिलाहरूले क्षमता अभिवृद्धिमा पनि ध्यान दिनुपर्ने बताउनुभयाे । ‘महिलाले महिलासँग मात्रै होइन, पुरुषसँग पनि प्रतिस्पर्धा गर्नसक्ने हुनुपऱ्यो । यो महिलाको मात्रै मुद्दा होइन, संविधानमा गरिएको व्यवस्थाअनुसार सहभागिता नभएको अवस्था भए पनि त्यसको सुधार गर्नुको विकल्प छैन,’ उहाँले भन्नुभयाे ।

समाजमा देखिएका अप्ठ्यारा कुराहरूको समाधानका लागि ऐन कानुन नै एक मात्र विकल्प भएको उनले बताउनुभयाे । सत्य निरुपण तथा मेलमिलाप तथा द्वन्द्वकालीन मुद्दा समाधानका लागि बजेटको अभाव नभएको उल्लेख गर्दै मन्त्री तुम्बाहाङ्फेले छिट्टै समस्या समाधान हुने बताउनुभयाे ।

सम्बन्धित् समाचार