गृहपृष्ठ खबर आगामी वर्ष नेपालको झण्डा फहराएर दुईवटा रेल दौडने मन्त्री नेम्वाङको दाबी

आगामी वर्ष नेपालको झण्डा फहराएर दुईवटा रेल दौडने मन्त्री नेम्वाङको दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार भन्दै आएको नेपालको आफ्नै रेलको सपना पूरा हुन लागेको विभागीय मन्त्रीले दाबी गरेका छन् । भौतिक पर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले नेपालले दुईवटा रेल खरिद गरिसकेको र रेल निर्माण कार्यसमेत सम्पन्न भएको बताएका हुन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आउँदो वर्ष ०७७–७८ आर्थिक वर्षभित्र ती रेल नेपालमा गुड्ने बताएका हुन् । नेम्वाङले नेपालको झण्डा फहराएर त्यो रेल जनकपुर जयनगरमा सञ्चालन गर्ने जानकारी गराउँदै त्यसमा आवश्यक रकम विनियोजन गरिएको बताए ।

उनले ८० वटा राष्ट्रिय राजमार्गलाई ध्यान दिँदै पूर्व–पश्चिम राजमार्गलाई चार लेनको बढाउने काम भइरहेको जानकारी गराए ।

सम्बन्धित् समाचार