गृहपृष्ठ खबर भारतद्वारा अतिक्रमित नेपाली भूमि सबै मिलेर भूमि फिर्ता गर्नुपर्छ : सांसद शाह

भारतद्वारा अतिक्रमित नेपाली भूमि सबै मिलेर भूमि फिर्ता गर्नुपर्छ : सांसद शाह

प्रकाशित मिति:

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाहले मधेसी र पहाडेबीचको भेदभावको अभिव्यक्ति कसैबाट आउन नहुने बताएका छन् । कांग्रेसका युवा नेता शाहले मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेखेर सबै मिलेर मुलुकमा सद्भाव बनाइराख्नुपर्ने बताएका हुन् ।

‘विश्व शान्तिमा हामी सम्पूर्ण नेपालीहरू विश्वास राख्छौं’, उनले भने, ‘पहाडी–मधेसीको भेदभाव गर्ने समय होइन । बरु सबैले मिलेर देश निर्माणम सहयोग गरौं ।’ भारतद्वारा अतिक्रमित नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई लिएर आरोप प्रत्यारोपहरू चलिरहेका बेला कांग्रेसका सांसद शाहले सबै मिलेर नै आफ्नो भूमि फिर्ता गर्न सकिने बताएका छन् ।

उनले आफ्नो मुलुकको एक ईञ्च भूमि कसैलाई दिन नसकिने उल्लेख गरेका छन् ।

सम्बन्धित् समाचार