गृहपृष्ठ खबर पहिरोले पुरिएर आमा छोरीको मृत्यु

पहिरोले पुरिएर आमा छोरीको मृत्यु

प्रकाशित मिति:

 म्याग्दीको रघुगंगा गाउपालिका–६ पाखापानीको रायखोरमा गएराति पहिरोमा पुरिएर आमा छोरीको मृत्यु भएको छ। गोठ माथिबाट आएको पहिरोले पुरिएर रायखोरकी ५० वर्षीया हमाया शेरपुञ्जा र उनकी ४ वर्षीया छोरी रोशनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए।

गोठमा उनीहरु सुतिरहेको समयमा राति ११ बजेतिर आएको पहिरो आएको थियो। पाखापानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ढकबहादुर हमालको नेतृत्वमा गएका प्रहरी र स्थानीयबासीले हमाया र रोशनीलाई मृत फेला पारेका थिए।

पहिरोले परिएर ढुङ्गा, माटोले बनेको जस्ताको छानो भएको कच्चि गोठमा रहेका अन्नपात, भाडावर्तन लगायत सबै नष्ट भएको छ। पशु चौपायको भने क्षति भएको छैन्। थप उद्दार र अनुसन्धानका लागि बुधबार बिहान प्रहरी निरीक्षक शर्माको नेतृत्वको टोली घटनास्थल गएको छ।

सम्बन्धित् समाचार