जेठ २९ /कपिलवस्तु/ बुद्धभूमी न पा ३ रनगाईमा पर्ने रामलक्ष्मण सामुदायिक बनको करिब ५/६ बिघा क्षेत्र लकडाउनको मौका छोपेर अतिक्रम भएको छ । अतिक्रमण गर्नेमा सामुदायिक बनका पुर्व अध्यक्ष पिताम्बर पाण्डे , पुर्व उपाध्यक्ष देवलाल पाण्डे लगाएत प्रदेशी थारु, जयराम थारु जगरनाथ थारु, चिन्तामणी थारु, पोमनारायण भट्टराई, खिमानन्द पाण्डे, होमलाल पाण्डे, तारा प्रसाद न्यौपाने, डिल बहादुर बेल्बासे, धन बहादुर बेल्बासे, बिष्णु ब. न्यौपाने लगाएत २०/२५ जनाको समूहनै सम्लग्न भएको स्थानिए एक युवकले बताए । अतिक्रमणमा सम्लग्न ब्यक्तिहरु गरिब सुकुम्बासीहरु नभएर धनिमानी र आफ्नो नम्बरी खेत अधिया दिएकाहरुनै रहेको पाइयो । बन फडानीका बिषयमा गाउमा तिब्र बिरोध भए पछि यो कुरा बाहिर आएको हो ।
१५ बर्ष अघि आम गाउलेहरुको सहमति र सम्लग्नतामा अखु खेती भएको उत्त स्थान पछि सामुदायिक बन दर्तागर्दा २०६५ साल तिर त्यस क्षेत्रलाई सामुदायिक बनमा समाबेश गरिएको थियो । त्यसको केही समय पछि स्व. भिखु थारु बनको अध्यक्ष भएको समयमा खयर , बाँस , ट्रीक , सिमलजस्ता बोटबिरुवा बृक्षारोपण गरि हालसम्म संरक्षण गरिदै आएको थियो ।
यश बिषयमा बुझ्ने क्रममा अतिक्रम भएको जमिन सामुदायिक बनको ब्लक भित्र पर्ने कुरा रामलक्ष्मण सामुदायिक बनका अध्यक्ष फेरु थारुले बताउनु भएको छ । अध्यक्ष थारुले थप कुरा राख्दै भन्नूभयो – यस समस्यालाई लिएर ३ दिन देखि स्थानीय स्तरमा मिलाउने कोसिस गरेका छौ । यसै विषयलाई लिएर भोलि विहान ७ बजे वन समितिको वैठक बसिने अध्यक्ष थारुले बताउनु भयो।
हामी बन समिति र आम गाउबासी सामुदायिक बनको जमिन सामुदायिक बनको रुपमा ल्याउन पुर्ण रुपले लागि परेका छौ तथापि लकडाउनको मौका छोपी सामुदायिक बनले बृक्षारोपण गरि हराभरा बनाएको बन क्षेत्र समाजमा गन्ने मान्ने अगुवाहरुलेनै अतिक्रमण गर्नु दुखद भएको बन समितिका अध्यक्ष थारुले बताउनु भएको छ ।
यस समस्यालाई लिएर बन कार्यालय चन्द्रौटामा समेत जानकारी पुगे पछि बन कर्मचारीको टोलिले स्थलगत अनुगम गरेको जानकारी हुन आएको छ । यस बिषयमा बन कार्यालयले सामुदायिक बनलाई पत्र काटेर सोधपुछ गरेको र त्यहा बाट बन अतिक्रम गर्नेको नामावली पठाउनासाथ कार्वाही प्रक्रिया अघि बड्न सक्ने अवस्था रहेको बन समितिका एक सदस्यले बताउनुभयो ।