गृहपृष्ठ खबर श्वास प्रश्वासकाे समस्याले क्वारेन्टाइनमा बसेका युवाकाे मृत्यु

श्वास प्रश्वासकाे समस्याले क्वारेन्टाइनमा बसेका युवाकाे मृत्यु

प्रकाशित मिति:

क्वारेन्टाइनमा बसेका माण्डवी गाउँपालिका ४ उदयपुरकोट आँपचौरका १८ वर्षिय राजु कार्कीको मृत्यु भएको छ । स्वास्प्रश्वासमा समस्या आएपछि उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको माण्डवी गाउँपालिका अध्यक्ष श्रीधर रोकाले जानकारी गराए । उनको पिसिआर रिपोर्ट अझै आइ नसकेको रोकाले जानकारी दिए । मृतकको घरतर्फ जान थालिएकोे अध्यक्ष रोकाले बताए ।

केही दिन अघि भारतबाट आएका उनी छिमेकी दाङको बंगलाचुली गाउँपालिकाको क्वारेन्टाइनमा बसेका थिए । जोडिएका गाउँपालिका भएकाले माण्डवी र बंगलाचुली गाउँपालिकाले सम्वन्धित जिल्लाहुँदै आएका व्यक्तिहरुलाई आ–आफ्नो क्वारेन्टाइनमा राख्ने गरेका छन् ।

सम्बन्धित् समाचार