प्युठान
उत्तरि प्युठाकाे गाैमुखि गाउपालिका लिबासेमा रहेकाे स्वास्थ्य चाैकिमा बिसेसज्ञ सेबा प्रदानगर्ने हेतुका साथ मेडिकल अधिकृत( एम बि बि एस) डाक्टर सुबास जि सि करारमा नियुक्ति हुनुभएकाे छ।
बिश्वभर फैलिएकाे काेराेना भाईरस ( काेभिड19) कारण संक्रमित देस तथा जिल्ला बाहिर बाट आएका सयाै ब्याक्ती क्वारेन्टाइनमा र आईसुलेसनमा छन उनिहरुकाे स्वास्थ चेकजाच देखि स्वास्थ्यचौकी बाट दिईने ओ पि डि सेबा माईनर अप्रेसन लगाएतकाे सेबा प्रदान गरिने जि सि बताउनुहुन्छ।तत्काल स्वास्थ्य चाैकिमा एक्सरे भिडियाे एक्सरे मेसिन नभएतापनि गाैमुखि लगाएत आसपासका जन्ताले उपचार नपाएर ज्यान गुमाउन नपर्ने अबस्था सृजना भएकाे टाक्टर बताउनु हुन्छ।
सहरमा जस्तै स्वास्थ्य सामाग्री उपलब्ध भएमा गाउँमै बसेर जन्ताकाे उपचार गर्ने ईच्छा र अठाेट राखेका जिसि प्युठानकै झिमरुक गाउपालिका छ मा जन्मि बिगत केही समय अगाडि बाग्दुला बाट प्युठानिकाे सेबाप्रदानमा लाग्नु भएकाे थियाे।एम डि पढिरहेका डाक्टर जिसि देस तथा बिदेसका कयाै स्वास्थ्य संस्थाबाट लामाे अनुभव बटुलेकाे बताउनुहुन्छ।अहिले असार मसन्तासम्मकाे नियुक्त पाएका जिसिले काेराेना भाईरसकाे महामारि अबधिभर रहनुकाे साथै नियुक्ति पछि थपिने गाैमुखि गाउपालिका अध्यक्ष बिष्णुकुमार गिरिले बताउनु भयाे।
राज्यपुनसंरचना पछि प्युठानका नाै स्थानिय तहमध्ये गाैमुखि गाउपालिकाले पहिलाेपटक मेडिकल अधिकृत नियुक्ति गरेकाे गिरि बताउनुहुन्छ। यश अघि ल्याबसहित एच ए ले सेबा दिएकाे र समय समयमा स्वास्थ्य शिबिर संचालन गरिएता पनि अहिले काेराेना महामारी संगै बर्षादमा दैबिक प्रकाेपहरु आउनसक्ने र बर्षादले गाडिहरु निरन्तर चल्न नसक्ने हुदा गाैमुखिबासि बिरामिले तत्काल उपचार पाउन भन्ने उदेश्यले डाक्टर नियुक्ति गरिएकाे गिरिले बताउनु भयाे।सरकारले स्वास्थ्यचाैकिकाे स्तरउन्नति तत्काल गर्ने भएकाेले स्तरउन्नति पश्चात् सबैखाले सेवा प्रदान गरिने गाउपालिका अध्यक्ष बिष्णु गिरिले बताउनु भयाे।