असार,२ प्युठान
प्यूठानमा कोरोना संक्रमितको संख्या जम्मा ५५ पुगेको छ। एकैदिन आज २० जना थपिएसंगै संक्रमितको संख्या ५५ पुगेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदिले जानकारी दिनुभयाे।
संक्रमितमध्ये नौवहिनि गाउँपालिकाका १४ जना, प्यूठान नगरपालिकाका २ जना, स्वर्गद्वारी नगरपालिकाका २ जना र गौमुखीका १ जना छन् । उनिहरु १७ देखि ७३ बर्ष उमेर समुह भित्रका हुन।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहिमा मंगलवार गरिएको परिक्षणमा प्यूठानका २० जनामा कोरोना संक्रमण पुष्टि भएको सुबेदीले बताउनु भयाे संक्रमित मध्ये १९ जना पुरुष र १ जना महिला छन सबै जना उनिहरु भारतबाट आएर स्थानीय तहले निर्माण गरेका क्वारेन्टाईनमा बस्दै आएका थिए।