गृहपृष्ठ खबर तिलौराकोटका लागि छुट्टै शीर्षकमा बजेट हुनुपर्छ – बिमला घिमिरे -राष्ट्रिय सभा सदस्य

तिलौराकोटका लागि छुट्टै शीर्षकमा बजेट हुनुपर्छ – बिमला घिमिरे -राष्ट्रिय सभा सदस्य

प्रकाशित मिति:

काठमाडौं ।
कपिलवस्तु जिल्लाकी राष्ट्रिय सभाका माननीय सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य बिमला घिमिरेले बिनियोजन बिधेयक २०७७ माथि छलफल गर्न आज बसेको राष्ट्रिय सभा बैठकमा समग्र बजेट सन्तुलित रहेको भन्दै केही सुझावहरु दिनुभएको थियो ।

उहाँले त्यस क्रममा समग्र राष्ट्रको हित बोकेको तिलौराकोटका लागि छुट्टै शीर्षकमा बजेट हुनुपर्ने सुझाव दिनुभएको थियो । बजेटमा तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सूचित गर्ने कुरा भए पनि बिनियोजन विधेयकमा त्यसको कुनै कुरा उल्लेख नगरेकोमा ध्यानाकर्षण गराउनुभएको थियो ।साथै बजेट राम्रो हुँदाहुँदै पनि यसलाई दृढ इच्छाशक्तिको साथमा कार्यन्वयन गर्ने चुनौती समेत रहेको कुरा उहाँले अौल्याउनुभयो ।

सम्बन्धित् समाचार