गृहपृष्ठ खबर राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कपिलबस्तुद्वारा क्वरेन्टाइनमा खाजा (नास्ता)सहयोग

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कपिलबस्तुद्वारा क्वरेन्टाइनमा खाजा (नास्ता)सहयोग

प्रकाशित मिति:

विभिन्न सामाजिक कार्यमा सक्रिय राष्टिय लोक तथा दोेहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिति कपिलवस्तुले क्वारेन्टीनमा खाजा नास्ता उपलब्ध गराएको छ । समितिले बुद्धभूमि नगरपालिका वडा नं.९ को  बुद्धभूमि क्याम्पसमा रहेकालाई  २ दिनको खाजाको व्यबस्था गरेको प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष थानेश्वर अधिकारीले जानकारी दिनुभयो  ।

भारत तथा तेस्रो मुलुकबाट आएका नागरिकहरुका लागि स्थानीय तहले निर्माण गरेको क्वारेन्टीनमा रहेका नागरिकहरुलाई प्रतिष्ठानले २ दिनको लागि खाजा प्रदान गरि उदाहरणिय कार्य गरेको छ ।

समितिका कार्यक्रम संयोजक तथा सह सचिव शिव खनालको नेतृत्वमा उक्त खाजा हस्तान्त्रण गरिएको समितिले जनाएको छ । उक्त कार्यक्रममा प्रतिष्ठान कपिलवस्तुका सदस्य मिसन भुसालको विशेष भुमिका रहेको थियो ।

सम्बन्धित् समाचार