गृहपृष्ठ खबर गोरुसिङ्गे-अर्घाखाँची सडकखण्ड अबरुद्ध ,रोपेको खेत बगाउँदा किसानहरु मर्कामा

गोरुसिङ्गे-अर्घाखाँची सडकखण्ड अबरुद्ध ,रोपेको खेत बगाउँदा किसानहरु मर्कामा

प्रकाशित मिति:

रातभरदेखि परेको अविरल वर्षाको कारण गोरुसिङ्गे अर्घाखाँची सडकमा पर्ने शितगङ्गा नगरपालिका २ राजुबास नजिकै रातभरिको लगातार बर्षाका कारण पहिरो खसेर हाइवे बाटो नै अबरुद्ध भएको छ ।

इप्रका ठाडाको टिम सहित सडक बिभागको समन्वयमा बिहानदेखि नै लगातार पहिरो सोर्दै बाटो खुलाउने निरन्तर प्रयास भै रहेको इलाका प्रहरी ठाडका इन्चार्ज बाबुराम बस्नेतले जानकारी दिनु भएको छ।तेस्तै राजुबास नजिकै लाहापे खोला बढेपछि पैदल यात्रुलाई कठिनाइ भएको छ। लगातार बर्षाले अहिले जनजीवन प्रभावित भएको छ।

सितखोला बढेर सितगङ्गा ३ कैलासे कालोपैरो बिभिन्न नजिकका खोलाका छेउमा भएका खेत बगाएर खोलामा परिणत भएको छ। बर्षा लगतार शुक्रबारदेखि अहिलेसम्म रोकिएको छैन। शितखोलाले भर्खर रोपेको खेत बगाउदा किसानहरु मर्कामा परेका छन् ।

त्यसैगरी  शीतगंगा ४ पोखडाँडा निवासी जोग बहादुर बेल्बासे (पान बहादुर बेल्बासे ) को घर पहिरोले पुरेको छ । घर मासथबाट एक्कासी पहिरो आएको देखेपछि घरमा बस्दै आएकी ६७ बर्षिय एक महिला भागेर ज्यान बचाउन सफल भएकी छन् । घरमा भएको लत्ताकपडा, अन्नपात, नगद जिन्सी सामग्री पहिरोले घर पुरेपछि नष्ट भएको छ ।सोही ठाउँकै सालिकराम जिसीको घर पहिरोले पुरेपछी ज्यान जोगाउन जिसीको परिवार छिमेकीको घरमा सरेर बसेका छन्  ।

उता अमराई गोर्थुम निवासी दिपक बिकको घर पहिरोको उच्च जोखिममा परेको छ । जिल्लाको पाणिनी १ पणेना सिम्ले निवासी डोलराज गौतमको घर पनि पहिरोले परेको छ । घर माथी र घरको आगनबाट ठुलो पहिरो गएपछि गौतमको परिवार ज्यान जोगाउन अन्यत्र गएका छन् । उनीहरू छिमेकीको घरमा सहारा लिएर बसेका छन् ।

सम्बन्धित् समाचार