सिद्धार्थ क्याम्पस संचालक समिति अध्यक्ष झविलाल पोख्रेलले शिक्षकहरुको अथक प्रयाशले क्युएए प्राप्त गर्न सफल भएको बताएका छन । अध्यक्ष पोख्रेलले सोमबार आयोजित विश्व विद्यालय अनुदान आयोगको भर्चुअल समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।
पोख्रेलले क्याम्पसले औपचारिक रुपमा क्यु.ए.ए प्रमाणपत्र प्राप्त गरेको अवसरमा सबैलाई धन्यबाद दिदै खुसि व्यक्त गरेका थिए । यसलाई ठिक ढंगले अगाडि बढाउन रााजनितिज्ञले चासो राख्नु पर्ने बताए ।
विश्वविद्यालय अनुदान आयोगद्वारा प्रदान गरिने क्युएए प्रमाणपत्र यसपटक प्राप्त गर्ने नेपालका तीन वटा क्याम्पसमध्ये सिद्धार्थ क्याम्पस वाणगंगा कपिलवस्तु पनि पर्न सफल भएको हो ।