गृहपृष्ठ खबर गुल्मीमा आठ महिनेको शिशु सहित १४ जना कोरोना संक्रमित डिस्चार्ज

गुल्मीमा आठ महिनेको शिशु सहित १४ जना कोरोना संक्रमित डिस्चार्ज

प्रकाशित मिति:

गुल्मीमा आठ महिनाका शिशु सहित १४ जना कोरोना संक्रमितले कोरोना डिस्चार्ज भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिकाका आठ महिनाका शिशु सहित १४ जना कोरोना संकमितलाई डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज हुनेहरु जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर वडा नम्बर–४ का आठ महिनाका शिशु , १८ वर्षकी महिला, वडा नम्बर–१ का ३० वर्षका, वडा नम्बर–२ को ३१ वर्षका पुरुष, वडा नम्बर–७ का २३ वर्षका पुरुष, वडा नम्बर–१० का २६ वर्षका र २० वर्षका पुरुष, वडा नम्बर ११ का २४ वर्षका पुरुष, वडा नम्बर–१२ का २० वर्षका, १८ वर्षका, २३ वर्षका, २४ वर्षका पुरुष, वडा नम्बर– १३ का २२ वर्षकी महिला र २४ वर्षका पुरुष डिस्चार्ज गरिएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए ।

डिस्चार्ज भएकाहरु १४ दिन आइशुलेसनमा बसेर डिस्चार्ज गरिएको हो । संक्रमित भएकाहरुमा कुनैपनि लक्ष्ण बिनाका भएकाले पुन कोरोना मुक्त भए नभएको भने चेकजाँच नगरि पठाइएको अर्यालले बताए ।

पछिल्लो निर्देशन अनुसार संक्रमण पुष्टी भएपनि कोरोनाको लक्ष्ण कुनैपनि नदेखिए पुन चेकजाँच गर्न नपर्ने नियम भएकाले चेकजाँच नगरि घर पठाइएको हो । गत जेठ १२ गते भारतबाट आएर क्वारेन्टीनमा बसेका बेला कोरोना संक्रमण पुष्टि भएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम बताए ।
संक्रमितलाई रेसुङ्गा नगरपालिका वडा नम्बर–१ को आइशुलेसनमा राखेर उपचार गरिएको थियो । पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा कोरोना संक्रमित अनुसार जिल्लामा १७९ जना पुगेका छन् । संक्रमित २० जना कोरोना मुक्त भएकर घर फर्केका छन् ।
जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट ११६४ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ५३३ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।

गुल्मीमा आठ महिनाको बच्चा सहित थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा थपिएका संक्रमितमध्ये रेसुङ्गा नगरपालिकामा ९ जना र सत्यवति गाउँपालिकामा १ जना गरि १० जना संक्रमित थपिएका हुन् ।

थपिएका संक्रमितमध्ये रेसुङ्गा नगरपालिकाको वडा नम्बर–२ का ३१ वर्षका, वडा नम्बर–११ मा २४ वर्षका, वडा नम्बर–१३ का २४ वर्षका, पुरुष रहेका छन् । त्यस्तै वडा नम्बर–४ मा १८ वर्षकी युवती र ८ महिनाको बच्चामा कोरोना संक्रमण पुष्टी भएको हो ।

त्यस्तै नगरपालिकाको वडा नम्बर–१२ मा २४ वर्षका, २० वर्षका, २३ वर्षका र १८ वर्षका पुरुषमा संक्रमण पुष्टी भएको नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताउनु भयो । भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा लिएको स्वाब परिक्षण अनुसार कोरोना संक्रमणको पुष्टी भएको हो ।
त्यस्तै जिल्लाको सत्यवति गाउँपालिकाको वडा नम्बर–६ मा २५ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको गाउँपालिकाका प्रशासकीय अधिकृत यादव भण्डारीले बताउनु भयो । सबैको स्वास्थ्य अबस्था सामान्य रहेको आशुलेसनमा राखेर उपचार भइरहेको अर्यालले बताउनु भयो ।

थपिएका संगै जिल्लामा संक्रमितको संख्या ५८ जना पुगेको छ । जिल्लामा थपिएका संक्रमितहरु रुरुक्षेत्र गाउँपालिकामा ३ जना, सत्यवतिमा गाउँपालिकमा ५ जना, चन्द्रकोट गाउँपालिकामा २ जना, छत्रकोट गाउँपालिकामा १ जना रेसुङ्गा नगरपालिकामा १६ जना, गुल्मीदरवारमा ४ जना, इस्मा गाउँपालिकामा ९ जना, मालिका गाउँपालिकामा २ जना, धुर्कोट गाउँपालिकामा ३ जना, मदाने गाउँपालिकामा २ जना र मुसिकोट नगरपालिकामा ११ जना गरि ५८ जना पुगेका हुन् ।

संक्रमितमध्ये २ जना उपचारपछि घर फर्किएका छन् । जिल्लामा कोरोना संक्रमणबाट जना २ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित् समाचार