गृहपृष्ठ खबर भारतमा कोरोनबाट मृत्यु हुनेको संख्या १४ हजार नाघ्यो

भारतमा कोरोनबाट मृत्यु हुनेको संख्या १४ हजार नाघ्यो

प्रकाशित मिति:

छिमेकी देश भारतमा कोरोना सङ्क्रमितको संख्या चार लाख ४० हजार नाघेको छ । १४ हजार १५ जनाको ज्यान गएको वल्र्डओमिटरले जनाएको छ । विश्वभर कोरोना भाइरस सङ्क्रमितको संख्या ९१ लाख ९२ हजार नाघेको छ । वल्र्डओमिटरका अनुसार विश्वमा ९१ लाख ९२ हजार ७ सय भन्दा धेरै सङ्क्रमित भएका छन् ।

अहिलेसम्म कोरोना महामारीका कारण चार लाख ७४ हजार भन्दा धेरैको ज्यान गएको छ । सबैभन्दा धेरै प्रभावित अमेरिकामा २३ लाख ८८ हजार भन्दा धेरै सङ्क्रमित छन् । एक लाख २२ हजारभन्दा धेरै मानिसको ज्यान गएको छ । ब्राजिलमा ११ लाख ११ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । ५१ हजार ४ सयको ज्यान गएको छ ।

रुसमा पाँच लाख ९२ हजार सङ्क्रमित छन् भने ८ हजार २ सय मानिसको ज्यान गएको छ । विश्वमा कोरोना सङ्क्रमितमध्ये ४९ लाख ३९ हजारभन्दा बढी निको भएका छन् ।

सम्बन्धित् समाचार