बिष्णु चौहान,अर्घाखाँची
उदियमान जनजागृती क्लब मालारानिले अर्घाखाँची जिल्लाको मालारानि गाउपालिकामा रहेको स्थानीय तह प्रकोप ब्यबस्थापन कोषमा आर्थिक सहयोग गरेको छ। गाउँ समाज सङ्गै सिङ्गो देशनै कोभिड-१९ को महामारिसङ्ग जुधिरएको बेला क्लबले उक्त सहयोग गरेको हो।
आज क्लबको तर्फबाट सचिब बिष्णु चौहान,कोषाध्यक्ष चिरञ्जीवी चौहान प्रबक्ता बिमल चौहान तथा सदस्य दिपक चौहानले सहयोग रकमको चेक गाउ पालिकाको कार्यलयमै पुगेर प्रमुख प्रसासकिय अधिकृत बिष्णु बहादुर घर्ती तथा गाउपालिका उपाध्यक्ष प्रमिला क्षेत्रीको उपस्थितीमा गाउपालिका अध्यक्ष बालकृष्ण सर्मा आचार्यलाई प्रदान गर्दै यो बिपदको समयमा आवश्यक परेको खण्डमा क्लब स्वंयसेबकको रूपमा खटिन तयार रहेको जानकारी दिनुभएको थियो।क्लबले स्थापनाको छोटो समयमै विभिन्न रचनात्मक कृयाकलाप गर्दै आएको छ।यसैबीच चेक ग्रहण गर्दै अध्यक्ष आचार्यले भन्नुभयो,”क्लबको यश किसिमको सहयोगले हामिलाइ अझै उर्जा मिलेको छ,आगामी दिनमा पनि सहकार्यको अपेक्षा गर्दछौ।
उदियमान जनजागृती क्लब मालारानिले गर्यो कोरोना राहत कोषमा आर्थिक सहयोग


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैअझै ३ दिन वर्षाको सम्भावना
६ घण्टा अघि
एकैदिन एक सय ३५ जना आरोही सगरमाथा शिखरमा
१८ घण्टा अघि