हेल्प फर हेप्पिनेस संस्थाद्धारा बैरियामा अवस्थित राजेश आस्था फाउन्डेसन (सुधार केन्द्र)लाई बिद्युतीय सामाग्री पंखा हस्तान्तरण गरिएको छ । कार्यक्रमका विशिष्ट अतिथि तथा फाउन्डेसनका अध्यक्ष समेत रहेका किरण सिंह ठकुरीले कार्यक्रलाई सम्बोधन गर्दै एच.एफ.एच एउटा नयाँँ संस्था भएको र छोटो समयमा राम्रो काम गरेको बताउनु भएको थियो । ठकुरीले आगामी दिनमा पनि यस्तै कामको अपेक्षा गरेको उल्लेख गर्नुभयो ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि शक्ति सिंह ठुकरीले युवा पुस्ता समाजमा केही गर्न उद्देश्यका साथ लागी परि रहेको र भाइ बहिनिको उत्साहमा आफनो सदैव साथ रहने उल्लेख गर्नुभयो । ठकुरीले संस्था गठन भएको ३ दिनमा यति राम्रो कार्य गरेकोमा संस्थालाई धेरै धेरै धन्यवाद दिदै अगामी दिनहरुमा पनि यसरी नै अगि बढ्न सुझाव दिनुभयो ।
उक्त कार्यक्रमको अन्त्यमा कार्यक्रमको अध्याक्ष निर्मल शर्माले कार्यक्रममा हाम्रो निमन्त्रणा स्विकार गर्दौ उपस्थित भएको सम्पुर्ण अतिथी ज्युहरु र लगायत सम्पूर्णलाई धन्यवाद मन्तव्य दिदै र विषेश सहयोग गरि दिनुभएकोमा कृष्ण प्रसाद पराजुली र तिलक थापा ज्युलाइ विशेष धन्यवाद दिदै कार्यक्रम सफल रुपमा भएको बताउदै कार्यक्रम समापन गर्नु भएको थियो । संस्थाका अध्यक्ष निर्मल शर्माले संस्थाको निमन्त्रणालाई स्वीकार गरेर कार्यक्रममा सहभागिता भएकोमा र सम्पुर्ण सहयोगी हातहरुलाइ समेर्त धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल शर्माको अध्यक्षता, युवा समाजसेवी शक्ति सिंह ठकुरिको प्रमुख अतिथ्यता, फाउन्डेसनका अध्यक्ष किरण सिंह ठकुरीको विशिष्ट अतिथ्यता,युवा नेताहरु चन्द्रकान्त पोख्रेल, तिलक थापा लगायतको आतिथ्यता रहेको थियो भने कार्यक्रको संचालन संस्थाका सचिव सुशान्त पोख्रेलले गर्नुभएको थियो ।