गृहपृष्ठ खबर सिचाईका लागी उपकरण पाएपछि बुद्धभुमी ४ का कृषक खुशी

सिचाईका लागी उपकरण पाएपछि बुद्धभुमी ४ का कृषक खुशी

प्रकाशित मिति:

कपिलवस्तुको बुद्धभुमी ४ का कृषकहरु सिचाई उपकरणहरु पाएपछि खुशी भएका छन । प्रदेश, नगर र वडाले सिचाईका लागी पम्पसेट र पाइप पाएपछि बुद्धभुमी ४ का कृषकहरु खुशी भएका हुन ।

प्रदेश सासंद माला गोतामेको पहलमा आएको १० लाख र अन्य नगर र वडाबाट आएको रकमले वडा नः ४ का कृषकलाई उतm सामाग्री बितरण गरिएको कल्याण खनालले जानकारी दिए । वडाको बिकासका लागी कृषकलाई प्राथमिकता दिइएको वडा नः ४ का वडा अध्यक्ष पवन चौधरीले बताए । यसरी उपकरण पाउदा निकै खुशी भएको कृषकहरु बताउछन ।

सम्बन्धित् समाचार