गृहपृष्ठ खबर आज राति प्रदेश ५ का केही ठाउँमा चट्याङसहित भारी वर्षा हुने भएकोले सजगता अपनाउन आग्रह

आज राति प्रदेश ५ का केही ठाउँमा चट्याङसहित भारी वर्षा हुने भएकोले सजगता अपनाउन आग्रह

प्रकाशित मिति:

 

आज राति देशका सबै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।नेपालमा मनसुन सक्रिय रहेको र मनसुन न्यून चापीय रेखा नेपाल नजिक रहेकोले देशका धेरै ठाउँमा वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज राति प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश गण्डकी प्रदेश र प्रदेश ५ का केही ठाउँमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने भएकोले सजगता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले आउँदो शनिबारसम्म नै देशभर बादल लागेर धेरै ठाउँमा सामान्यदेखि मध्यम र केही ठाउँमा भारी वर्षा हुने भएकोले बाढी, पहिरो, डुबान, चट्याङलगायतका प्रकोपबाट बच्न सावधानी अपनाउन आग्रह गरेको छ ।

सम्बन्धित् समाचार