कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर चारका पच्चिस जना सुत्केरी महिलालाई पोषण युक्क्त आहार प्रदान गरिएको छ । नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ र वडाध्यक्ष पवन कुमार थारुद्धारा संयुक्त रुपमा सुत्केरी महिलालाई एक क्यारेट अन्डा, दुई किलो चना, दुई लिटर तेल, दुई ओटा साबुन र एक थान झुल प्रदान गरिएको कल्याण खनालले जानकारी दिए ।
मेयर श्रेष्ठले सुत्केरीलाई यो समयमा विभिन्न पौष्टिक युक्त खानाको आवश्यकता पर्ने भएकाले विशेष ख्याल गरि आमा र शिशु दुवैको स्वास्थ्य अवस्था राम्रो रहोस् कामना गर्नुभएको थियो । नगरपालिका यस्ता स्वास्थ्य सम्बन्धि विशेष कार्य योजना समेत तयार गरि अघि बढि रहेको समेत श्रेष्ठले बताउनु भयो ।
त्यस्तै वडाध्यक्ष थारुले स्वास्थ्य वडाको परिकल्पना गरेको बताउदै सोही अनुरुप सुत्केरी महिलालाई पौष्टिक आहार प्रदान गरिएको बताउनु भयो । वडावासीको हक हितका लागी वडा सदैव साथ रहेको वडाध्यक्ष थारुको भनाई छ ।