गृहपृष्ठ खबर बुद्धभूमि नगरपालिका वडा नम्बर चारमा अवस्थित तालमा डुङगा उद्घाटन

बुद्धभूमि नगरपालिका वडा नम्बर चारमा अवस्थित तालमा डुङगा उद्घाटन

प्रकाशित मिति:

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर चारमा अवस्थित तालमा डुङगा उद्घाटन गरिएको छ । उक्त ताल बुद्धभूमि नगरपालिका कै सबैभन्दा ठुलो ताल हो । डुङगाको उद्घाटन बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले गर्नुभएको हो । ताललाई पर्यटकिय स्थलको रुपमा विकास गर्ने उद्देश्यले डुङगा उद्घाटन गरिएको बताईएको छ ।

ताल नजिकै थारु संग्रहालयको निर्माण कार्य भईरहेको र सोही संग्रहालयको अवलोकनका निम्ति पनि डुङगाले महत्वपुर्ण भुमिका खेल्ने नगर प्रमुख श्रेष्ठको भनाई छ । वडाध्यक्ष पवन कुमार थारुकोे पहलमा डुङगा संचालनमा आएको कल्याण खनालले जानकारी दिए । वडाबाट डुङगा संचालनका लागी रु. आठ लाख बजेट विनियोजन गरिएको वडाध्यक्ष थारुले बताउनुभयो । साथै गोल घर भवन निर्माण कार्य भईरहेको छ ।

सम्बन्धित् समाचार