कपिलवस्तु जिल्लामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुका चार स्थानीय तहका क्वारेनटाइनमा बसेका २१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ । थप संक्रमितहरु मध्ये वाणगंगा नगरपालिकाका १० जनामा कोरोना पुष्टि भएको छ ।
नगरपालिकाको वडा नं.९ का ७ जना, वडा नं. ८ का २ जनावडा नं. ६ का १ जना, रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
यस्तै विजयनगर गाउँपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै शिवराज नगरपालिकाका २ जना र शुद्धोधन गाउँपालिकाका एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।
शनिबार थप २१ जनामा संक्रमण पुष्टि भएसंगै जिल्लामा संक्रमितको संख्या ७ सय २९ पुगेको छ । जसमध्ये ५ सय ९२ जना निको भएर घर फर्किएका छन् ।