गृहपृष्ठ खबर सिद्धबाबामा पहिरो खस्दा बुटवल–पाल्पा सडक अवरुद्ध

सिद्धबाबामा पहिरो खस्दा बुटवल–पाल्पा सडक अवरुद्ध

प्रकाशित मिति:

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको माथिल्लो सिद्धबाबा मन्दिर क्षेत्र नजिकै भीरबाट ढुंगा खस्दा बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ ।तिनाउ गाउँपालिका वडा नं ३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै आइतबार बिहान सडकमाथिको भीरबाट ठूला–ठूला ढुंगा खस्दा सडक अवरुद्ध बनेको हो ।

अबिरल बर्षासँगै खसेका ढुंगाका कारण सडक अवरुद्ध हुँदा बिहानैदेखि सवारी साधन चल्न सकेका छैनन् । अवरुद्ध सडक खुलाउन डोजर पठाइ पनि वर्षा नरोकिएका कारण ढुंगाहरु पन्छाउने काम हुन नसकेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

सम्बन्धित् समाचार