गृहपृष्ठ खबर अर्घाखाँचीमा घर झगडा भएपछि नदिमा हामफाल्दा ४ घाईते

अर्घाखाँचीमा घर झगडा भएपछि नदिमा हामफाल्दा ४ घाईते

प्रकाशित मिति:

अर्घाखाँचीमा घरायसी झगडापछि खोलामा हाम फाल्दा ४ जना घाइते भएका छन् । अर्घाखाँचीको पाणेनी गाउँपालिका-३ का स्थानीय सुवास नेपालीले जाँड खाएर परिवारसँग झगडा गरेपछि उनका परिवारले नदिमा हाम फालेका हुन् । सुवासका श्रीमती २५ वर्षिया पबिता नेपालीले आफ्ना ३ जना बच्चाहित नदिमा हाफ फालेका हुन् ।

पबिताले आफ्ना ६ वर्षिया छोरी टिका, ४ वर्षका छोरा चरण र १८ महिनाको काखको बालक विष्णुसहित एक साथ नदिमा हामफोलेकी थिएन् । घटना लगत्तै स्थानीयले थाहा पाएपछि खोलामा बग्दै गरेका उनिहरुले उद्दार गरी अहिले जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

घटनापछि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले थप अनुसन्धान अगाडी बढाएको छ ।

सम्बन्धित् समाचार