लुम्बिनीस्थित रोयल थाई मोनाष्टिले कोरोना संक्रमणका बेला स्वास्थ्य सेवा प्रवाहमा सुरक्षाका लागि भन्दै कपिलवस्तु अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य एवं वाट थाई निग्रोधरामका अध्यक्ष राजेश ज्ञवालीको समन्वयमा मोनाष्ट्रिका प्रमुख भिक्षु सुपोतले कपिलवस्तु अस्पतालका डाक्टर अभिषेक श्रीवास्तव र व्यवस्थापक रत्नाकर शुक्लालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरित स्वास्थ्य सामग्रीमा पिपीई सेट ५० थान, फेस शिल्ड ५० थान, माक्स १ सय पिस र ३ पिस स्यानेटाईजर रहेको बताइएको छ ।