गृहपृष्ठ खबर कपिलवस्तु नगरपालिका वडा नम्बर ३ द्धारा क्वारेन्टाईनमा भएको खर्चको बिवरण सार्वजनिक

कपिलवस्तु नगरपालिका वडा नम्बर ३ द्धारा क्वारेन्टाईनमा भएको खर्चको बिवरण सार्वजनिक

प्रकाशित मिति:
कपिलवस्तु नगरपालिका वडा नम्बर ३ ले कोरोना रोकथामका निमित्त बनाईएको क्वारेन्टाईन लगायतमा भएका खर्च सार्बजनिक गरेको छ ।
वडाध्यक्ष प्रकाश गैरेको अध्यक्षतमा तौलिहवा स्थित वडा कार्यालयमा बसेका वडा बैठकले सो खर्च पारित गरी पत्रकार सम्मलेन गरी सार्वजनिक गरेको हो ।
वडाले बिभिन्न ३ शीर्षकमा ४ लाख १९ हजार ८ सय ४५ रूपैयाँ खर्च भएको बिवरण सार्वजनिक गरेको हो ।
साबुन , मास्क , सेनिटाइजर लगायत क्वारेन्टाइन व्यवस्थापनका लागि विद्युतीय सामाग्रीहरूको खरिदमा उक्त खर्च भएको बडाध्यक्ष गैरेले बताए

सम्बन्धित् समाचार