गृहपृष्ठ खबर प्रदेश ५ मा ३४ प्रतिशत रोपाइँ सकियाे

प्रदेश ५ मा ३४ प्रतिशत रोपाइँ सकियाे

प्रकाशित मिति:

प्रदेश ५ कृषि विकास निर्देशनलायका सूचना अधिकृत हेमनाथ शर्माकाअनुसार  प्रदेश ५ मा यो वर्ष ३४ दशमलव ८ प्रतिशत रोपाई सकिएको छ ।

निर्देशनालयले हालै लिएको तथ्याङ्कअनुसार तराईका जिल्लाहरुमा करिब ५० प्रतिशत रोपाई भएको छ भने पहाडी जिल्लाहरुमा १५ प्रतिशतको हाराहारीमा रोपाई भएको छ ।  पहाडी जिल्लाका अधिकांश ठाउँहरुमा सिञ्चाई अभावमा आकासे पानीको भरमा रोपाई हँुदै आएको छ ।

पहाडको तुलनामा सिञ्चाई सुविधा भएकाले रोपाइ पनि तराईमा बढी भएको हो ।

८ देखि ५५ प्रतिशत रोपाई 

निर्देशनालयकाअनुसार यो वर्ष रुपन्देहीमा ५४ प्रतिशत, नवलपरासीमा ४५, कपिलवस्तुमा ५५, दाङमा ४५, बाँकेमा ५२ तथा बर्दियामा ४६ प्रतिशत रोपाई सकिएको छ ।  यसैगरी पहाडी जिल्ला पाल्पामा ५४, अर्घाखाँचीमा ८ दशमलव ८, गुल्मीमा ३ दशमलव ५, प्यूठानमा ४७, रुकुममा १० तथा रोल्पामा ९ दशमलव ५ प्रतिशत रोपाई भएको छ ।

प्रदेश ५ मा गतवर्ष ३ लाख ३० हजार ८ सय ८१ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो भने यो वर्ष थप बढ्न सक्ने अनुमान छ । सरकारले ५ वर्षभित्र कृषि उत्पादनलाई दोब्बर बनाउने लक्ष्यका साथ १५ जिल्लामा बृहत धान उत्पादन कार्यक्रम सञ्चालन गरेको छ ।

सम्बन्धित् समाचार