सरकार ढाल्न पाइँदैन भन्दै कपिलवस्तुको वाणगंगा नगरपालिका चार नम्बर जीतपुर चोकमा प्रदर्शन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न पाइँदैन भन्दै शुक्रबार युवाहरूले े वाणगंगा नगरपालिका चार नम्बर जीतपुर चोकमा प्रदर्शन गरेका हुन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा माग भइरहेका बेला केही कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको समर्थनमा वाणगंगा नगरपालिका चार नम्बर जीतपुर चोकमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा विदेशी हस्तक्षेपका कारण सरकार ढाल्न खोजिएको भन्दै प्रदर्शनकारीहरूले नारा लगाएका छन् । उनीहरूले प्रधानमन्त्री ओलीको फोटोसहित “राजनितिक अस्थिरताका लागी ओली सरकारका पक्षमा ऐक्यवद्धता ” लेखिएको ब्यानर लिएर नाराबाजी गरेका थिए ।
उनीहरूले ‘आज होईन भोलीलाई पाँच वर्ष ओलीलाई ‘, ‘राजनीतिक अस्थिरता गर्न पाईदैन् ‘,’भारतीय विस्तारवाद मुर्दावाद ‘लगायतका नारा लगाएका छन् ।