गृहपृष्ठ खबर अर्घाखाँचीमा सलहले अन्नबाली सखाप पारेपछिका किसान चिन्तित

अर्घाखाँचीमा सलहले अन्नबाली सखाप पारेपछिका किसान चिन्तित

प्रकाशित मिति:

सलह किराले अन्नबाली सखाप पार्न थालेपछि यहाँका किसान निरास भएका छन्। सलहले बारीमा लगाएको अन्नबाली सखाप पारेपछि उनीहरु चिन्तित भएका हुन्। अर्घाखाँचीका किसानलाई बाँदर र बँदेलले बाली खाएर हैरानी बनाएको थियो। सोमबार दिउँसो देखी भित्रिएको सलहले अहिले सम्म हजारौं रोपनी जग्गामा लगाएको धान तथा मकैबाली नष्ट गरेको छ।

शीतगंगा, भूमिकास्थान, सन्धिखर्क नगरपालिका , पाणिनी , छत्रदेव र मालारानी गाँउपालीकाको बिभिन्न गाँउ टोलका किसानका धानको ब्याड, मकै तथा तरकारी खेतीमा सलहले नष्ट गरेको शीतगंगा ७ जलुके रातेडाँडाका किसान तेज बहादुर भुसालले बताए। उनी भन्छन्” भर्खर पसाउन लागेको मकै खेती नराम्रोसँग सलहले खाइदिएको छ। १६ रोपनीको बारीमा लगाएको मकै बाली खाएर डाँठ मात्र बनाइदिएको छ।” परिवार पाल्नकै लागी दुख गरेको मकै खेती सलहले सखाप खाएपछि अन्य बालीलाई कसरी जोगाउने भन्ने चिन्ताले सताएको उनी बताउँछन्।

लगातार पाँच दिनसम्म मकै बारीमा सलह आएपछि आगो धुवाँ लगाउने , थाल टिन ठटाउने, मानिस परिचालन गरेपनि नसकिएपछि अठार रोपनी बारीमा लगाएको खिस्सा भिरेको मकै बाली नष्ट गरेको ७८ वर्षीय किसान तेजबहादुर घर्तीले बताए। शीतगंगाको सिमलपानी, ठाडा, जुकेना, जलुके, सीतापुर, सिध्धारा, सुवर्णखालका किसानले सलह धपाउन सास्ती पाएका हुन्।

सलहको झुन्ड खेतीमा पसेपछि पूरै किसानको तरकारी र अन्नबाली नष्ट गरेको जलुकेका पीडित किसान अनिल वीरकट्टाले बताए। उनी भन्छन्, ुहेर्दा हेर्दै गाउँमा लगाएका बालीमा सलह बस्यो, धपाउन कत्ति प्रयास गर्दा पनि नसकेर मकै खेती नष्ट गर्‍यो।

सलह मकै बालीमा आएपछि वडा तथा नगरका जनप्रतिनिधिलाई फोन गर्दा फोन नै नउठाएको पीडा उनले सुनाए। हामी किसानको पीडा कसले सुन्छ र हामी कहाँ गएर रुने, दुख कहाँ पोख्नेरुु अहिलेसम्म किसानको बारीमा भएको क्षतिसम्म सोध्न कोही नआएको उनको भनाइ छ।

सम्बन्धित् समाचार