कपिलवस्तुका हाट बजारमा ब्यवसाय गर्दै आएका ब्यवसायीले रोगले भन्दा पनि भोकले मर्ने अवस्था आएको बताएका छन । तिन महिनाबाट कुनै काम गर्न नपाउदा खान लाउन समेत समस्या भएको उनीहरु बताउछन । सामाजिक दुरी कायम गर्दै ब्यवसाय सञ्चालन गर्ने वातावरण मिलाउनु पर्ने उनीहरको माग रहेको छ ।
जिल्लाका हाट बजार खोल्न दिन सरकार लगायत सम्बन्धित पक्षसँग आग्रह गरेको छ । कोभिड १९ का को प्रभावका कारण लामो समय सम्म भएको लक डाउनबाट व्यापारी तथा व्यवसायीहरु मारमा परेका कारण उनीहरुको दैनिकी समेत प्रभावित भएकाले हाट बजार व्यवसाय संचालन गर्न दिन अनुरोध गरेको छ । कपिलवस्तुको ४ नं. मा बसेको बैठकले सो निर्णय गरेको हो ।
लामो समय देखी सरकारले लागु गरेको लक डाउनको पुर्ण रुपमा पालना गरेको अव अवस्था बिस्तारै सामान्य हुदै गएको र चाडपर्व पनि नजिकिदै गएकाले व्यापार व्यवसाय खोल्न पाउनु पर्ने उनीहको माग रहेको छ । बैठक समितिका अध्यक्ष ज्ञानबहादुर थापाको अध्यक्षता र सचिव नेत्र प्रसाद घिमिरेको संचालनमा सम्पन्न भएको कार्य समिति सदस्य हेमराज नेपालीले वैखरी अनलाइनलाई जानकारी दिए ।
हाट बजारमा गरेको ब्यवसायले जिविका पार्जन गर्दै आएका ब्यवसायीहरु हाल बजार सञ्जालमा नहुदा मारमा परेका हुन ।